गणतन्त्र : पार्वती र चण्डाल्नीको कथा

गणतन्त्र : पार्वती र चण्डाल्नीको कथा

यतिबेला देश कोरोना भाईरस कोभिड १९ को संक्रमण बाट मात्र संत्रासमा छैन जातिय बिभेदको कारण सामुहिक हत्याको घटनाले पनि संन्नटा छाएको छ।

प्रजातन्त्र ,बहुदल ,लोकतन्त्रका लागि संघर्ष गर्दै जाँदा हामीले आज लैंगिक, जातीय लगायत विविध प्रकारका विभेद हटाएर सामाजिक न्याय स्थापित गर्ने संविधान ल्याइसकेका छौँ । फलस्वरूप आएको गणतन्त्रको १३ औं दिवश मनाउदै गर्दा उक्त घटना गणतन्त्र माथी उपहास गरेको छ। 

जनआन्दोलनको उद्गम स्थल क्रान्तिको मियोको थलो रुकुममा (माओवादी)को आह्वानमा ‘जनयुद्ध’ लड्यो। त्यसमा प्रमुख रूपमा सरिक समुदाय नै आजको लोकतान्त्रिक शासनमा पनि उत्पीडित छ। दुर्भाग्य, यही जिल्ला हो जुन दुई वर्षअघि नै जातीय छुवाछूत मुक्त घोषणा भइसकेको छ। तर उक्त घटनाले कागजी पानामा कोरिएको लोकतन्त्र व्यवाहारमा के रहेछ वास्तविकता के रहेछ उक्त घटनाले चित्रीत गरेको छ। 

राज्यले जातीय छुवाछूत तथा भेदभाव जघन्य अपराध भन्दै शोषित र उत्पिडित बर्गको पक्षमा मैलिक हक अधिकारको कानुन ल्याइसक्दा पनि विभिन्नरूपमा समाजमा यस्ता अपराध भैरहनु सभ्य र न्यायप्रेमी नागरिकहरुका लागि कुनै विभेद कदापि स्वीकार्य होइन र सोभनिय पनि छैन। 

प्रेम अन्धो हुन्छ भन्ने सुनिएको थियो तर आज सच्चैनै यो घटनाले थप पुष्टि गरेको छ। तर प्रेमलाई यो व्यवस्थाको न्यायेली चिन्छ्की चिन्दैन गणतन्त्र माथी संसयको प्रश्न त छदै छ कोरोना संक्रमण बाट लगाइएको लकडाउ दर्जनौ युवा एक ठाउँ बाट अर्को गाउँ प्रवेशले कतिको प्रभावकरी कतिको चुस्त रहेछ स्पष्ट पारेको छ।

 क्रान्तिको आवेग र  विस्फोटले दरबार त फेर्न सक्यो तर आम मानिस बिचको चेतनाको दायर फेर्न सकेन  फलस्वरूप आज समुदायले मानिसको दर्जा नपाएर जातीय विभेद भोग्नु परेको छ।  जस्को प्रतिनिधि क्रान्तिको उद्गम स्थल रुकुममा पछिल्लो घटना देखिएको छ। 

२१औँ शताब्दीको यो समयमा पनि एउटा युवाले अर्की युवतीसँगको प्रेमलाई विवाहमा परिवर्तन गर्न खोज्दा मृत्यु वरण गर्नुपर्छ भने हाम्रो सभ्यताले  रुनुसिवाय अरु के हुन्छ र ?रुकुम -जाजरकोटको घटना ज्यादै कारुणिक र दर्दनाक छ । जाजरकोटको यो घटना जहाँसम्म जातीय विभेदसँग सम्बन्धित भनिएको छ भने त्यसमाथि मानवीय क्षतिसमेत भएको छ। कुनै पनि घटनामा कुनै व्यक्तिको ज्यान जानु यो एकदम निन्दनीय छ।

२१औँ शताब्दीको यो समयमा पनि एउटा युवाले अर्की युवतीसँगको प्रेमलाई विवाहमा परिवर्तन गर्न खोज्दा मृत्यु वरण गर्नुपर्छ भने हाम्रो सभ्यताले  रुनुसिवाय अरु के हुन्छ र ?

आफ्नो प्रेमिकालाई डोलिमा राखेर घर लैजाने सपना देखेका प्रेमि, आज आफै चिहानमा पुगेका छन। प्रेमिकालाई बिहे गर्ने उद्देश्य’ समेत गएका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज बिक आफ्नोअन्य १८/१९ जना साथीहरु लिएर पश्चिम रुकुमस्थित चौरजहारी नगरपालिका–८ की प्रेमिका सुष्मा मल्लको घर पुग्दा जातीय विवाद उत्पन्न भएको र विवादकै क्रममा केटी पक्षबाट आक्रमण हुँदा नवराजसँगै अर्का दुईको मृत्यु भएको र चार जना बेपत्ता भएको’ घटना गम्भीर र खेदजनक छ।

घटनाको प्रारम्भिक जानकारीमा केटि पक्ष बाट कुजात भनेरै विवाह अस्वीकार गरिएको थियो र त्यसैले मारिएको हो भन्ने दाबि केटा पक्षबाट छ भने ” हाम्रो परिवार मा भिन्न जात सङ्ग पहिल्यै बाट विवाह भैरखेको छ , हामी छुवाछुत मान्दैनौ ” भन्ने दाबि केटा पक्षको छ । त्यसैलेनै उनीहरूको विवाहको विषयलाई र घटनालाइ अनेकौ प्रश्नहरु जनता माझ उब्जिएको पाइन्छ। यस्तो लकडाउन को अवस्थामा किन १९/२० जाना लिएर जानुपर्यो ?? परिवारको सहमति छैन भने घर बाट उठाउने कुरा कत्तिको जायज छ ?? र यदि १९/२० जना गएपनि अर्काको जिवन हत्यागर्नु अधिकार कस्ले दियो ?? कानुनलाइ आफ्नो हातमा लिने अधिकार कस्ले दियो ?? घटना माथी थुप्रै प्रश्न उब्जिएको छ्न।

विभेदरहित समाजका लागि राज्य मात्रै होइन, प्रत्येक नागरिकले आफूलाई जिम्मेवार सम्झनुपर्छ। आज हाम्रो समाजमा कुनै एउटा समुदायले मानिसको दर्जा नपाएर जातीय विभेद भोग्नु प्रत्येक न्यायप्रेमी नागरिक र राज्यकै लागि लज्जाबोधको विषय हो। हामी ओठे परिवर्तनमा मात्र विश्वस्त छौँ। भाषण गर्न थालेपछि हामी आँखा चिम्लिएर समानताका शब्द वर्षा गर्छौँ तर जब समय आउँछ हामी यथार्थमै न्याय गर्न सक्षम हुँदैनौँ। पछिल्लो घटनाले हामि माझ प्रश्न तेर्शएको छ।

यो लेख लेख्दै गर्दा पंक्तिकारलाई घट्नाक्रमले माता पार्वति र चन्डाल्नि को कथा याद दिलाएको छ । आखिर किन हुन्छ त भेदभाव ?? र कसरी हुन्छ त यसको निवारण ??

एकदिन शिवशक्तिको निवास कैलाशमा पार्वतिले भोज राख्छिन र त्यो भोजमा सम्पुर्ण देवता गण र अन्य त्रीदेवता / त्रीदेवि ( विष्णु र ब्रह्मा / लक्ष्मि र सरस्वती ) समेत आएका हुन्छन। त्यो बेला सबैजनाले पार्वतिको जय जयकार गरेको सुनेर लक्ष्मि र सरस्वती लाइ जलन भैरहेको हुन्छ ! त्यहिदिन त्यतिखेरै त्यहा चन्डाल्निहरु माता पार्वतिलाइ दर्शन गर्न र आफ्नो जेजति छ त्यो भेटि चडाउन भनेर आउछन। (चन्डाल्नि भनेको कस्ता हुनभने ति मानिस जो सामाजिक , शैक्षिक , आर्थिक रुपले पिछडिएको छ। ) 

जब तिनिहरु त्यहा आउछन लक्ष्मि र सरस्वतीले अरुको अगि आफ्नो द्म्ब देखाउदै , श्रीदेवि लक्ष्मिले चन्डाल्निहरुलाइ रोकि, तिमि झुत्रेहरु यहा किन आएको ? तिमि फोहोरिहरु यहा कैलाश आउन लाज लग्दैन भन्छन। त्यति मात्र नभै ज्ञानरुपि देवि सरस्वतिले पनि तिमि अज्ञानि ,अन्पडहरु भएरै संसारले तिमिहरुलाइ परित्याग गरेको छ , तिमिहरु कैलाश प्रवेश गर्न पाउदैनौ भनेर तिरस्कार गर्छन। वैभव र शक्तिशाली इन्द्रदेवले समेत तिमि निचहरु , तिमिहरुलाइ छुदा फोहोर लाग्छ ,कैलाश जस्तो पवित्र स्थलमा आउने आट गर्छै ? यहा बाट जान्छौ कि मैले बल प्रयोग गरुम भनेर हेला गर्छन। 

यो सबै देखेर पार्वति आत्यन्त्यै दुख मान्दै सबै मानिस देविदेवतालाइ यदि तेज चिन्न सकिएन भने अत्याधिक प्रकाशलेपनि चाहे मानिस होस या देवता अन्धो बनाउछ भन्दै कराउछिन र यो अन्याय बिरुद्ध न्यायका लागि लामो यात्रामा निस्किन्छन र न्याय स्थापित नभैइन्झेल आफु कैलाश त्यागने निर्णय गर्द्छिन। 

पार्वति कैलाश छोडेर जाने निर्णयले माफि माग्न तयार हुन्छन तर चेतनामा परिवर्तन नहुने भएकाले पार्वति चन्डाल्निहरुकोमा गएर बस्न थालिन र लामो यात्राको तय गरिन। यो यात्रा कस्तो थियो भने जब पार्वति कैलाशबाट निस्किन तब प्रकृतिमा धेरै परिवर्तन आउछ , वतावरण समेत दुसित हुनथाल्छ र यो यात्रामा पार्वतिले सम्पुर्ण देविदेवताको शक्ति कमजोर गरिदिन्छन। दुष्ट देवताहरुले या दुष्ट उच्च स्थरिय व्यक्तिहरुले उपभोग गरेको सबै सुख्सुविदा चन्डाल्निहरुलाइ व्यव्स्थापन गरिदिन्छन। अन्तः जब चन्डाल्निहरु लाइ तिरस्कार गर्ने सबै देविदेवताहरु स्वयंमले दरिद्रताको , अभाव र असक्ष्मता आभास गर्छन , तब बल्ल आफ्नो अस्तित्तोको र शक्तिको पहिचान गर्छन ।

यश कथालाई यो घटनामा यहा किन जोड्दै छु भन्दा हाम्रो समाज पनि यस्तै छ। मैले यो भन्दै गर्दा अहिले उम्लिदै गरेको घट्ना तर्फ मात्र कुरा अङ्कित गरेको छैन बोरु सम्पुर्ण विवेद , भेदभाव र असम्मानता तर्फ भन्न खोजिरहेको छु। कहिले आफु ठुलो हुन अर्काको खुट्टा तन्ने त कहिले अर्कालाइ तिरस्कार गरेर आफु राम्रो बन्ने प्रविधि हाम्रो समाजमा प्रशस्त मात्रमा देख्न पाहिन्छ।

जसरी मानिसको जिवनमा धनरुपि लक्ष्मीको प्रभाव बड्छ तब ज्ञानरुपि सरस्वतीको पनि चेतना खाइदिन्छ | वैभवशाली शक्तिशाली इन्द्रदेवले चन्डाल्निहरुलाइ जसरिनै दमन गर्छन। चाहे त्यो मानिस होस या देविदेवता , कुनै पनि वस्तु अधिक भयोभने या चिन्न सकिएन भने मनिसले त्यसको महत्वो बिसिन्छ र अपमान गर्न थाल्छ | जब प्रेम अधिक हुन्छ – तब मानिसले त्यसको मुल्य बुज्दैन , जब घन अधिक हुन्छ – तब मानिसले त्यसको दुर्प्रयोग गर्न खोज्छ त्यसरीनै जब शक्ति अधिक हुन्छ – तब मानिसले अरुलाइ दमन गर्न खोज्छ । सायद त्यसैले नै समाजमा भेदभाव , विवेद , असम्मानता र विसङ्गति निम्त्याउने गर्दछ |

सायद हामी पनि ओठे परिवर्तनमा मात्र विश्वस्त छौँ। भाषण गर्न थालेपछि हामी आँखा चिम्लिएर समानताका शब्द वर्षा गर्छौँ तर जब समय आउँछ हामी यथार्थमै न्याय गर्न सक्षम हुँदैनौँ। पछिल्लो घटनाले हामि माझ प्रश्न तेर्शएको छ्। एक दशक लामो उपलब्धि १३ औं गणतन्त्र दिवस मनाउदै गर्दा पनि हाम्रो समाजको चेतना स्थर्मा कति परिवर्तन आउन सक्यो त या समाजिक न्याय कति स्थापित गर्न सकेउ ??

तसर्थ २१औँ शताब्दीको यो समयमा पनि एउटा युवाले अर्की युवतीसँगको प्रेमलाई विवाहमा परिवर्तन गर्न खोज्दा मृत्यु वरण गर्नुपर्छ भने यो धटना हाम्रो कुरिति , कुसस्कार र मुलत: कुविचारको परिणाम हो । मानिस जतिसुकै विकसित नै किन नहोस , विगतको केहि गुण या विशेषता ,छोड्दै या अपनाउदै ,समयको कालखण्ड सङ्गै दृश्य या अदृश्य रुपमा अफैसङ्ग लिएर आउछ ! सायद त्यसरीनै बादर बाट मनुष्य हुदै गर्दा पुच्छर त हरायो तर कुविचार पलाउदै – फलाउदै अदृश्य रुपमा आफै सङ्ग लिएर हिडिरहेको छ । त्यसैले अब परिवर्तनको बेला आइसकेको छ , सुरुवात आफै बाट गरौ । प्रत्यक विवेद र भेदभावको बरेमा नसलवादीहरुलाइ बुझाउ र आउने पुस्तालाइ , नया पुस्तालाइ जसरीपनि सिकाउ , ” मानवको एउटै मात्र जात हुन्छ र त्यो हो मानवता | ”

समाजमा मानिस-मानिस बिचको खाडोल , विभेद र भेदभाव जस्तो जघन्य र अमानवीय अपराध हुनुहुदैन | यस्को मुल जरा भनेको अशिक्षा र कुसस्कार हो | यसलाइ निवारण गर्न राज्यले संविधान, नियम – कानुनले मात्र पुग्ने रहेनछ बरु ठोस कदम र दण्डनिय सहितको न्यायोचित परिणाम शोशितहरुलाई शाहाराको रुपम सरकार देखिनुपर्छ। कागजमा मात्र आउने परिणामले प्रतिफल दिँदैन भन्ने योभन्दा अर्को उदाहरण दिइरहनु | 

राज्य र राज्यको अङ्ग पार्वति जसरीनै एकपटक विभेद रहित समाजको लागि लामो यात्रामा हिड्नु पर्छ र जब सम्म हाम्रो बिचार मानै असम्मानताको , भेदभावको , अहमताको बिच्छ्यारोपर्ण हुन्छ तब सम्म सबै समाजमा अहङ्कार , तिरस्कार जस्तो कुरिति फल्ने र हुर्किने गर्दछ। चाहे त्यो अभिमान जातको होस , धनको होस , बुद्दिको होस या शक्तिको नै , यसले अनुचित र अपराधिक घटना बिकास गरिरहन्छ। त्यसैले सृष्टिमा सन्तुलन मिलाइ राख्नका लागि र सभ्य समाजका लागि आफ्नो बिचारमा सम्मानताको , सद्भावको र समृध्दिको लागि सहकार्यताको भवाना राखै किनकि दुष्टता व्यक्ति सङ्ग हैन उसको सोच सङ्ग हुन्छ । आज अब पनि सोच बदल्न सकेनौ भने कहिले बदल्ने ? प्रत्यक आम मानिषको मष्तिष्कमा चेतनामा पुन तरंगित गर्दौ मानवताको लागि चीत्कार गरेको छ। अब त बद्लिउ अब त जगाउ मानवता !!!

लेखक – गौरव बराल प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार १२:२८

Design a site like this with WordPress.com
Get started